`

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

Nepal One HD २० असोज २०८० १६:०७
प्रमुख खबर

विराटनगर- शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरेका हुन् । कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अन्तरगत सबैभन्दा ठूलो दलको हिसाबले कार्की मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप कार्कीले आज विश्वासको मत लिन लागेका थिए । तर, आज उनको पक्षमा विश्वासको मत नआउने पक्का भएपछि राजीनामा दिएका हुन् ।

बैठकमा राजीनामाको घोषणा गर्दै कार्कीले प्रदेशलाई मध्यावधीमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्दै अघि बढ्न तयार रहेको बताए । कार्कीको राजीनामासंगै संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला भएको छ ।


प्रतिक्रिया