`

मन्त्रिपरिषद् बैठक बस्दै, आजै सर्वदलीय बैठक पनि आह्वान

Nepal One HD २२ असोज २०८० ११:५७
प्रमुख खबर

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् । उनले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय लिन मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सर्वदलीय बैठक पनि बोलाएका छन् । त्यसअघि ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया