`

एमाले सुदूरपश्चिम प्रदेश पदाधिकारीमा सर्वसम्मत

Nepal One HD २५ असोज २०८० १७:२५
राजनीति

कैलाली– एमाले सुदूरपश्चिम प्रदेशको जारी अधिवेशनबाट अध्यक्ष सहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर विश्वकर्मा सर्वसम्मत चयन भएका हुन् । कैलाली, कञ्चनपुर, बझाङ र बैतडीमा सदस्यहरु चयन गर्न भने मतदान भइरहेको छ ।

डडेलधुरा, डोटी, बाजुरा, दार्चुला र अछाम जिल्लाका प्रतिनिधिले भने आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन गरिसकेका छन् । प्रदेश कमिटीमा पदाधिकारीसहित १५९ सदस्य रहने व्यवस्था छ ।


प्रतिक्रिया