एमाले मधेश प्रदेशको पदाधिकारीमा सर्वसम्मत
प्रमुख खबर
धनुषा– नेकपा एमाले मधेश प्रदेशको पदाधिकारीमा सहमति जुटेको छ । अध्यक्षमा सिरहा जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा पर्साका विचारी यादव चयन भएका छन् । उनी संविधान सभा सदस्य पनि हुन् । सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस चयन भएका छन् । भण्डारी यसअघिको कमिटिमा पनि उपमहासचिव थिइन् ।
सर्वसम्मत भएका पदमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । निर्वाचन प्रक्रियाले अन्तिम रुप दिने र आजै पदाधिकारी निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
