थापाद्वारा राजीनामाको घोषणा
प्रमुख खबर
विराटनगर– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । अर्का नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । आज पत्रकार सम्मेलन गरी उनले कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको स्पष्ट पारे ।
यद्यपी, उनले दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दनमा क्रियाशील रहने बताएका छन् । कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापा नेतृत्वको सरकार दुबै पटक सर्वोच्च अदालतको आदेशबाट विघटन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
