`

कोशीका मुख्यमन्त्रीको सपथ आज

Nepal One HD २८ असोज २०८० १२:११
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
उनले दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ लिने बताइएको छ । नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् ।

मन्त्रीमा कुन दलबाट कस–कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । कार्की एमालेको समर्थनमा शनीबार मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस शेखर कोइराला खेमाका कार्कीले मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौ आएर नेता शेखर कोइराला र आज एमाले अध्यक्ष के.पी. शर्मा ओलीसंग भेट गरेका छन् ।


प्रतिक्रिया