`

धार्मिक र सामाजिक सद्भाव खल्बलिनुमा सरकार नै दोषी

Nepal One HD २९ असोज २०८० १२:१८
प्रमुख खबर

विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशिल नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ–हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भईरहेको प्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको बताएका हुन् ।

उनले सामाजिक, धार्मिक र जातिय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालनामा सरकार गम्भीर हुनुपर्ने बताए । अध्यक्ष थापाले समाजमा द्वन्द्व भड्किन सक्ने स्थिति प्रति सबै पक्ष सचेत बन्नुपर्नेमा जोड दिए । यस्तै अध्यक्ष थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने उनले बताए ।


प्रतिक्रिया