`

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

Nepal One HD २९ असोज २०८० १५:१३
प्रमुख खबर

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।


प्रतिक्रिया