इजरायल युद्धमा ज्यान गुमाएका नेपालीको शव ल्याउने तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

NepalOne २९ असोज २०८० १६:२५
प्रमुख खबर

काठमाडौ– परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साउदले मृत्यु भएका १० मध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिटै नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिउका हुन् ।

अन्य पाँचजनाको शव भने जाँच प्रक्रिया पुरा भएपछि नेपाललाई बुझाउने उनले बताए । मन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए । उनले पीडाका बेला एक हुन्छौ भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाज लगाएत सवै प्रति आभार प्रकट गरे ।


प्रतिक्रिया