कोसी प्रदेश सरकारबाट एमाले बाहिरियो
प्रमुख खबर
विराटनगर– नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् । उनले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
एमालेको सहमति बीना मुख्यमन्त्री कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गरेपछि एमाले रुष्ट बनेको थियो । आफूहरूको सहमति विपरीत सरकार बिस्तार भएको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते विना विभागिय मन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
