जाजरकोट भूकम्प– ९३७ घरमा पूर्ण क्षती
प्रमुख खबर
काठमाडौ– जाजकोट भूकम्पमा अहिलेसम्म ९३७ घरमा पूर्ण र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरण अनुसार जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको हो ।
यस्तै, २६८५ घरमा आंशिक क्षति भएको छ । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।
भ्रकम्पबाट सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घरमा क्षती पुगेको छ ।
जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परिचालन गरिएको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
