राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, मंगलबार भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाने
प्रमुख खबर
काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलको आसन्न युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकोले राष्ट्रपतिको भ्रमण स्थगित भएको बताइएको छ । राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम जाने कार्यक्रम छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा सहभागी हुन राष्ट्रपति पौडेल कात्तिक २२ मा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो । तर, शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको र धेरै भानवीय क्षती समेत भएको अहिलेको अवस्थामा राष्ट्रपति विदेश भ्रमणमा जानु उपयुक्त नहुने भन्दै स्थगित गर्न दवाव बढ्दै गएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
