`

टिकटक बन्द गर्ने निर्णय सरकारको उल्टो कदम–महामन्त्री थापा

Nepal One HD २७ कार्तिक २०८० १४:२२
प्रमुख खबर

काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । उनले सामाजिक संजाल एक्समा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’


प्रतिक्रिया