`

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

Nepal One HD १ मंसिर २०८० ७:३८
अर्थ समाचार

काठमाडौ ।आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी टनेल गोलभेडा सानो ४५, गोलभेडा सानो लोकल ३०, भारतीय गोलभेडा ठूलो ७०, कागती १४०, केरा १७०, फूजी स्याउ ३५०, अम्बा ८०, मौसम १००, जुनार २५०, काक्रो ४०, पुदिना ५००, हरियो फर्सी २५ रहेको छ ।

घिउ सिमी लोकल ३०, काउली स्थानिय ३०, आलु रातो ६०, भारतीय आलु रातो ३६, लौका ३०, चुकन्दर ८०, कुरिलो १२००, हरियो प्याज १००, च्याउ ७० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तल तालिकामा हेर्नुहोस्


प्रतिक्रिया