बल्खुमा युवा संघ र प्रसाइँका समर्थकबीच झडप
प्रमुख खबर
काठमाडौ– काठमाडौको बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । जनप्रदर्शनमा सहभागी हुन आएको दुई समूहको कार्यकर्ताबीच झडप भएको हो ।
कालिमाटीबाट युवा संघका कार्यकर्ता तिनकुनेमा हुने कार्यक्रमका लागि बल्खु आएपछि बल्खुमा जम्मा भएका दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको हो । झडपका कारण केही नीजि तथा सार्वजनिक सवारी साधनमा क्षती पुगेको छ भने अरु संरचना पनि भत्किएका छन् । अहिले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
