`

प्रचण्ड नसच्चिए सडकमा ल्याउने महेश बस्नेतको चेतावनी

Nepal One HD ७ मंसिर २०८० १५:४४
प्रमुख खबर

काठमाडौ– नेकपा एमाले पोलटब्युरो सदस्य महेश बस्नेतले सरकारलाई सच्चिन भनेका छन् । आज काठमाडौको तिनकुनेमा आयोजित जनप्रर्दशनलाई संवोधन गर्दै पोलटब्युरो सदस्य बस्नेतले प्रधानमन्त्री प्रचण्ड नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा ल्याउने चेतावनी दिएका हुन् ।

आफूहरुले कानूनको शिरोधार्य गरी निषेधित क्षेत्र नतोडेको बताउँदै उनले प्रधानमन्त्री पनि सच्चिन आग्रह गरे । उनले भने, ‘तपाई नसच्चिए तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा ल्याउने तागत एमालेसंग छ ।’ उनले आफूहरुमाथि निहु खोज्ने कसैलाई पनि नछाड्ने चेतावनी समेत दिएका छन् । युवा संघलाई चुनौती दिन खोज्ने दुर्गा प्रसाईंको हावा खुस्किएको आरोप लगाए ।

आफुहरुले कसैलाई हस्तक्षेप नगर्ने र कसैको विरुद्ध कार्यक्रम नगर्ने स्पट पार्दै नेता बस्नेतले आफ्नो कार्यक्रमविरुद्ध निहु खोजेर आउँने जो कोहीलाइृ पनि नछोड्ने चेतावनी दिए । ‘भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा बिस्तार गर्दैछौं ।’ उनले चेतावनी दिए । एमाले पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान सकिएपछि जनप्रदर्शनको कार्यक्रम सात प्रदेशमा बिस्तार गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया