काठमाडौको सिफलमा दुर्गा प्रसाइँ समर्थकको प्रदर्शन
प्रमुख खबर
काठमाडौ– राजसंस्था पक्षधर मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज सिफलचौरमा प्रदर्शन गरेको छ । प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि उनीहरु बिहानैदेखि सिफलचौर जम्मा भएका थिए । ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियान’को नेतृत्व गर्दै आएका प्रसाइँ समर्थकले बिहीबारदेखि प्रदर्शन सुरू गर्दै आएका छन् । उनीहरुले हिजो तिनकुनेमा प्रदर्शन गरेका थिए ।
बिहीबार बल्खुको प्रदर्शनमा सुरक्षाकर्मीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडपसमेत भएको थियो । त्यसयता प्रसाइँ समर्थकमाथि सुरक्षा प्रशासन कठोर बन्दै आएको छ । आजको प्रदर्शनमा पनि सिफल आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिफलचौरको सभालाई संवोधन गर्न अभियानको नेतृत्व गरेको दुर्गा प्रसाइँ उपस्थित भएका छन् । उनी कडा सुरक्षा घेरामा सिफल पुगेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
