`

वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भिर हुनुपर्छ :उपराष्ट्रपति यादव

Nepal One HD ९ मंसिर २०८० १६:२३
प्रमुख खबर

काठमाडौँ / उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९ औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सवै गम्भीर हुनुपर्ने बताउनुभएको हो । वनको दिगो व्यवस्थपन र उत्पादनमूखी बनाउनु अहिलेको चूनौति रहेको उहाले बताउनुभयो ।

उहाले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको धारणा राख्नुभयो । हालै गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको बिषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।

उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया