मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने कोसीका मुख्यमन्त्रीको दावी
विराटनगर– कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । संचारकर्मीसंगको कुराकानीमा मुख्यमन्त्री कार्कीले सरकार बिस्तारको काम छिट्टै हुने र यसअघि नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताएका हुन् ।
सरकार विस्तार निरन्तर हुने प्रक्रिया भएको भन्दै जति बेला पनि विस्तार हुने उनको भनाइ छ । अहिले सरकार विस्तार र जिम्मेवारी दिने विषयमा घनिभुत छलफल भइरहेकोले छिट्टै निष्कर्षमा पुग्ने उनको भनाय छ ।
कोशी प्रदेशमा अहिले कांग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री छन् । तिहार लगत्तै मनित्रपरिषद् बिस्तार गर्ने बताएका मुख्यमन्त्री कार्कीलाई मन्त्री हुन चाहनेको संख्या धेरै हुँदा निर्णय गर्न समस्या भएको छ ।
