`

सिंहदरबारमा ओली–प्रचण्ड भेट

Nepal One HD १२ मंसिर २०८० १५:३१
प्रमुख खबर

काठमाडौ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् । उनीहरुबीच संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो लगाउने विषयमा छलफल भएको बुझिएको छ । यस्तै, पछिल्लो समय बढ्दै गएकधो गणतन्त्रविरोधी गतिविधि लगायत समसामयिक घटनाक्रमका बारेमा छलफल केन्द्रित भएको श्रोतले बताएको छ ।

पछिल्ला केही दिनयता संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेकोले गणतन्त्र पक्षधर प्रमुख राजनीति शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एकजुट रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया