१४ केजी सुन तस्करी प्रकरण छानबिनका लागि ६ सदस्यीय समिति गठन
प्रमुख खबर
काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ केजी सुन बरामद भएको घटना छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ । प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिएका छन् ।
गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । भन्सार कार्यालयका अनुसार उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
