`

समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा – ओली

Nepal One HD २३ मंसिर २०८० ८:३०
प्रमुख खबर

गोरखा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्र्तगत गोरखाको पालुङटारमा शुक्रबार आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याउनुभयो । अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।


प्रतिक्रिया