`

एनसेललाई सरकारको मातहत ल्याउने गरी ऐन संशोधन गर्न संसदीय समितिको निर्देशन

Nepal One HD ३ पुष २०८० १५:००
अर्थ समाचार

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले एनसेलले बुझाउनुपर्ने कर तत्काल असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले एनसेलको शेयर खरिदब्रिक्री सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउँदासम्म रोक्न पनि निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिको बैठकले २०८६ मा एनसेललाई सरकारको मातहत ल्याउन पनि निर्देशन दिएको छ । यसअघि आजै समितिले यसबारे प्रधानमन्त्रीसँग छलफल गरेको थियो ।


प्रतिक्रिया