`

श्रीलंकाका विदेशमन्त्री साब्री र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

Nepal One HD ५ पुष २०८० १४:३२
राजनीति

काठमाडौँ / श्रीलंकाका विदेशमन्त्री अली साब्री र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदबीच बिभिन्न बिषयमा छलफल भएको छ ।

बिहीबार काठमाडौंमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगाएतका बिषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । उहाँले द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन गर्ने बिषयमा गम्भीर छलफल भएको, सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुलाई दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । मन्त्री साउदले आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जिकिर गर्नुभयो ।

त्यस्तै श्रीलंकाका विदेशमन्त्री अली साब्रीले दुईदेशबीच धैरै बिषयमा समानता रहेको भन्दै सहयोगको आदानप्रदानलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले दुईदेशको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, व्यापार, पर्यटन लगाएतका बिषयम लामो समय सहकार्य गर्दै लैजाने जिकिर गर्नुभयो ।


प्रतिक्रिया