`

नेपाल टेलिकमले प्रतिसेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने

Nepal One HD ६ पुष २०८० १२:०२
अर्थ समाचार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगमी १६औं साधारण सभामा पेस गर्ने कम्पनीले निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।


प्रतिक्रिया