नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ : अर्थमन्त्री महत


काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
सूचना प्रविधि क्षेत्रको बिकाका लागि सरकारले सकेसम्म योगदान गर्ने उहाँले बताउनुभयो । १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरुलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताउनुभयो ।
राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताउनुभयो । मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी पनि दिनुभयो ।