बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाद्धारा प्रदर्शन(भिडियोसहित)
काठमाडौँ / बालकुमारी घटनाका बिषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ ।
शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलय अगाडी प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुदा हुँदैपनि युवाहरुले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताउनुभयो । उहाँले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको उल्लेख गर्नुभयो । उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले माग गर्नुभयो ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
