राप्रपामा राष्ट्रियसभामा आकांक्षीको नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा चुनावका लागि आकांक्षीका नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको छ । आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले आकांक्षीको नाम सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
पुस १८ गतेसम्म उम्मेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै राप्रपाले ३०२ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।
जयन्तीका अवसरमा काठमाडौंमा चियापान कार्यक्रम गरिने उनले बताए । बैठकले पार्टीले गर्ने भनेको आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट सञ्चालन गर्न महामन्त्री धवलशमसेर राणाको संयोजकत्वमा रहेको आन्दोलन परिचालन समितिलाई पूर्णता दिइएको राप्रपाले जनाएको छ।
यो समिति समिति ११ सदस्यीय हुनेछ । त्यस्तै बैठकले ’नवीन राप्रपा’ कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना युवााई पार्टीको केन्द्रीय समितिमा लैजाने यसअघिको निर्णयलाई कार्यान्वयन गर्न र प्राप्त निवेदनमध्येबाट छनोटका लागि योग्यता र मापदण्ड तय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता गोपाल दाहाल र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन भएको छ।
