बालकुमारी घटनामा आफ्नो गल्ती ढाकछोप गर्न सरकारले साना कर्मचारीलाई दोष थोपर्न खोज्योः सांसद पन्त
राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद राघुजी पन्तले बालकुमारी घटनामा जनताको आक्रोशलाई मत्थर पार्न गृह प्रशासनले तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेको आरोप लाएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले प्रहरी परिचालनमै गृहबाट कमजोरी भएकोले उक्त घटनामा आफ्नो गल्तीलाई ढाकछोप गर्न तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाउन नहुने बताए ।
उनले भने, ‘जनताको आक्रोश मत्थर पार्ने कामका लागि सिडियोलाई तान्ने आयोग बनाउने गर्नुभयो त्यो आफ्नो ठाउँमा ठिक होला तर, आफू जनताको आक्रोशबाट बच्नका लागि तलका कर्मचारीहरुलाई बलिको बोका बनाउँन पाईंदैन ।’
उनले बालकुमाररुी घटनाको परिस्थिति उत्पन्न हुनुमै पूर्ण रुपमा श्रम मन्त्रालय जिम्मेवार रहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
