`

प्रधानसेनापति शर्मा र श्रीलङ्काका राजदूतबीच भेट

Nepal One HD १९ पुष २०८० १९:२७
राजनीति

काठमाडौँ, १९ पुस : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।


प्रतिक्रिया