`

एनपीएल : आज विश्राम,कुनै पनि खेल नहुने

Nepal One HD १९ कार्तिक २०८३ ७:५६
खेलकुद

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म ३ खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी ५ अंकसहित शिर्ष स्थानमा छ । लगातार ३ खेल नै हारेको पोखरा पुछारमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *