लोकेशको लय, एनपीएलमा बनाए दोस्रो अर्धशतक, ५० मै आउट
खेलकुद
काठमाडौं। विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बमले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार जनकपुर बोल्ट्सविरुद्धको खेलमा बमले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आक्रामक ब्याटिङ गर्दै विराटनगरको इनिङ्सलाई बलियो बनाएका छन् ।
यसअघि बमले कर्णाली याक्सविरुद्धको खेलमा ८७ रन बनाएका थिए । उक्त स्कोर जारी एनपीएलको तेस्रो संस्करणकै अहिलेसम्मको उच्च व्यक्तिगत स्कोर हो ।
लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका बम यस संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानसमेत बनेका छन् ।
यो अर्धशतकसँगै उनको रन स्कोर १८८ पुगेको छ। उनले प्रतियोगितामा अहिलेसम्म चार खेल खेल्दै यो रन बनाएका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
