एनपीएल : विराटनगर–जनकपुर दिउँसो भिड्दै, साँझ लुम्बिनी र पोखराबीच प्रतिस्पर्धा
खेलकुद
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ।
त्यस्तै, साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ।
तीन खेल खेलेको जनकपुरले दुई जित निकाल्दा विराटनगरले एक जित मात्र हात पारेको छ। यता लुम्बिनीले एक जित र एक बराबरी खेलेको छ भने पोखरा दुवै खेलमा पराजित भएको छ।
आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
