माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा छुट दर्ता गराएको प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा पेस गरेको हो ।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको दाबी गरेको छ । सोही प्रकरणमा नेपालविरुद्ध मुद्दा दायर गरिएको हो ।
हाल विशेष अदालतमा मुद्दा रुजु हुने क्रममा रहेको छ । अदालतबाट मुद्दा दर्ता भएपछि थप न्यायिक प्रक्रिया अघि बढ्नेछ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा छ ।
यससँगै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा थपिएको छ ।
