`

सुनको मूल्य ७०० ले बढ्दा, चाँदीको ४५ ले घट्यो

Nepal One HD १८ कार्तिक २०८३ ११:४२
अर्थ समाचार

काठमाडाैं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेश प्रसाद लकान्द्रीका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (सोमबार) छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ। बजारमा आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार १५१ रुपैयाँ तोकिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *