१८ दिनपछि बस्दै क्याबिनेट
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
करिब दुई सातापछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यसअघि नियमित रूपमा बस्दै आएको मन्त्रिपरिषद्को बैठक केही समयदेखि बसेको थिएन ।
लामो समयपछि बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ।
सरकारले पछिल्लो समय अघि बढाएका नीति तथा कार्यक्रम, प्रशासनिक निर्णय र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा पनि बैठकमा छलफल हुन सक्छ।
यद्यपि, बैठकको औपचारिक कार्यसूची र छलफल हुने विषयबारे सचिवालयले विस्तृत जानकारी दिएको छैन ।
पछिल्लो एक साता नेपाली राजनीतिक वृत्त इनम सापकोटा प्रकरणले तातिएको छ। प्रकरणमा सर्वोछाका प्रधानन्यायाधिश, न्यायाधिश लगायत नेपाल प्रहरीका उच्च पदस्थ व्यक्तिहरु मुछिएका छन्। यस दृष्टिकोणबाट आज बस्ने मन्त्रिपरिषद् बैठकलाई विशेष चान्सोका साथ् हेरिएको छ।
