`

पृथ्वीनारायण शाहका पदचापलाई पछ्याउँदै हामी अघि बढौँः पूर्वराजा शाह

Nepal One HD २७ पुष २०८० ८:४३
प्रमुख खबर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र भनेको भूगोल मात्र नभइ जनताको साझा थलो भएको बताएका छन् । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर भएको बताएका हुन् ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मनन गरेर देशलाई सम्पन्न बनाउनु पर्ने टड्कारो आवश्यकता रहेकोमा जोड दिएका छन् ।‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ। त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ,’ उनले भनेका छन्।


प्रतिक्रिया