`

चन्द्रागिरीमा कार दुर्घटना, बालकसहित ४ जनाको घटनास्थलमै मृत्यु

Nepal One HD २८ पुष २०८० १६:०७
समाचार

काठमाडौ । काठमाडौंबाट चित्लाङ जाँदै गरेको निजी कार चन्द्रागिरी नगरपालिका सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्र–३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी दिउँसो दुर्घटना भएको हो । कार सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काठमाण्डौं मैतिदेवीका ओमकार निधि तिवारी, कल्पना तिवारी, लाजिम्पाटका डा. महेश कुमार गौतम र ४ वर्षीय बालक प्रियान्स गौतम छन् । कारमा ६ जना सवार थिए । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया