`

चन्द्रागिरी कार दुर्घटना– घाइते बालिकाको पनि मृत्यु

Nepal One HD २८ पुष २०८० १६:४७
प्रमुख खबर

काठमाडौ । चन्द्रागिरी कार दुर्घटनामा घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौबाट चित्लाङ जाँदै गरेको प्र–३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । बालिकाको मृत्युसंगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्मारिकाकी आमा डा.सृष्टी तिवारी भने सकुशल छिन् । कारमा सवार काठमाडौं मैतिदेवीका ओमकार निधि तिवारी, सोही ठाउँकी कल्पना तिवारी, लाजिम्पाटका डा. महेश कुमार गौतम र ४ वर्षीय बालक प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया