`

चुनाव हारेकालाई राष्ट्रियसभामा लैजानु संविधान र व्यवस्थाको विरुद्ध –सभापति लामिछाने

Nepal One HD २८ पुष २०८० १८:३०
प्रमुख खबर

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति लामिछानले चूनावमा पराजित भएकालाइ चोरबाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् । शासनसत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरुले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चूनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।

सभापति लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप लगाए । उाले ठूला–ठूला फाइल खोलेपनि सरकारले आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे । राजनीतिलाई सहि ठाँउमा ल्याउन योग्य इमान्दार युवाहरुलाई स्थान दिनुपर्ने उनको तर्क छ ।


प्रतिक्रिया