`

न्यायाधीश पत्नीद्वारा सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास

Nepal One HD २९ पुष २०८० १४:११
प्रमुख खबर

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले आइतबार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आरतीले श्रीमान भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्।

उनले शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गर्नेक्रममा आरती गिरी सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन्। तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।  गिरीलाई प्रहरीले अस्पताल लगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले न्यायाधीश गिरीलाई गत चैतमा पक्राउ गरी कपिलवस्तु लगिएको थियो। अदालतले उनलाई २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। यसअघि उनले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।


प्रतिक्रिया