`

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Nepal One HD २ माघ २०८० ८:१४
अर्थ समाचार

काठमाडौं। मंगलबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा, बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा , बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, अस्टेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा रहेको छ।


प्रतिक्रिया