`

पाकिस्तानको प्रत्याक्रमणबाट इरानमा कम्तीमा ९ जनाको मृत्यु

Nepal One HD ४ माघ २०८० २०:१७
विश्व

बीबीसी । गत मङ्गलबार इरानले पाकिस्तानी भूमिमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले इरानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । पाकिस्तानको प्रत्याक्रमणमा इरानतर्फ कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

पाकिस्तानले क्षेप्यास्त्र प्रहार गरेर इरानको सिस्तान–बलोचिस्तान प्रान्तस्थित ‘आतङ्ककारीका शिविरहरू’ ध्वस्त पारिएको दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनले चार बालबालिकासहित नौ जनाको मृत्यु भएको जनाएको छ मृतकमध्ये तीन महिला पनि छन् । मध्यपूर्वमा एकपछि अर्को गरी विभिन्न स्थानमा द्वन्द्व उत्पन्न भइरहेकै बेला इरानमाथि पाकिस्तानले प्रत्याक्रमण गरेको हो ।

इजरायलले गाजामा प्यालेस्टिनी समूह हमासँग लडिरहेको छ भने लेबननस्थित इरान समर्थित हिजबुल्लाहसँग पनि उसको द्वन्द्व जारी छ । पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन् । ती समूहहरूले एउटा देशबाट अर्को देशतर्फ आक्रमण गर्ने गरेका छन्।


प्रतिक्रिया