`

‘नाम’को १९ औं शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता

Nepal One HD ७ माघ २०८० ९:३३
प्रमुख खबर

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको काम्पला पुगेका प्रधानमन्त्री आइतबार बिहान दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न उपप्रधानमन्त्री, सभामुख, मन्त्रीहरु विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री नेतृत्वको टोली गत बिहीबार कम्पाला प्रस्थान गरेको थियो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरूप र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको साक्षी रहेको बताएका थिए ।


प्रतिक्रिया