`

समयमै काम नगर्ने २२ कम्पनी कालोसूचीमा

Nepal One HD १५ माघ २०८० ७:५७
अर्थ समाचार

काठमाडौं । निर्धारित समयमा काम गर्ने २२ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सोमबार सूचना प्रकाशित गरी कार्यालयले २२ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमै कार्य सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई ६ महिनादेखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो ।


प्रतिक्रिया