`

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित, प्रधानमन्त्रीसँग प्रश्नोत्तर फागुन ६ गते गरिने

Nepal One HD २४ माघ २०८० १६:२६
प्रमुख खबर

काठमाडौँ / प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई बहुमतले पारित गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयक पारित गरियोस’ भन्ने प्रस्ताव पेश गरेका थिए । विधेयकमाथिको छलफलका क्रममा विधेयक माथिको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गुरुङले विधेयक पारितभएसंगै स्रोत नखुलेको जटिल प्रकृतिका आन्तरिक वा सिमापार हुने आर्थिक अपराधलाई नियन्त्रण गर्न सहज हुने बताए । मुलुकमा वित्तीय पारदर्शीता, लगानीमैत्री वातावरण निर्माण र सुशासन कायम गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने पनि सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत जानकारी गराए ।


प्रतिक्रिया