स्कूल बस खरिदका लागि शिक्षकले दिए एक महिनाको तलब

अर्थ समाचार

झापा, २७ माघ : शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।
शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाकोे रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताउनुभयो । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट