राम्रो काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि गरेको बताएका छन् ।
बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्याश गर्दै मन्त्री बस्नेतले आफु शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासका लागि गरेको भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताएका हुन् । संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उनले बताए ।
त्यस्तै उनले चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दावी गरेका छन् ।
बिहिवार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।