`

कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले उप्रति शंका बढ्योः प्रधानमन्त्री

Nepal One HD १७ फागुन २०८० २०:१४
प्रमुख खबर

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखितरूपमा कुनै निर्णय नगरेको बताएका हुन् ।

प्रधानमन्त्रीले शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा नवनिर्वाचन राष्ट्रियसभा सदस्य कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउनसक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको बताए ।उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको बताए । कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धबारे बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ थियो ।


प्रतिक्रिया