`

माछापुच्छ्रे बैंकको तनावरहित डिजिटल सेवा, कारोबार गर्दा असफल भए मोवाइलबाटै रिपोर्ट गर्न मिल्ने

Nepal One HD २० फागुन २०८० १५:२२
अर्थ समाचार

काठमाडौ । माछापुच्छ्रे बैंकले तनावरहित डिजिटल सेवा सुरु गरेको छ । यस बैकमार्फत डिजिटल कारोबार गर्दा असफल भएमा उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एप र वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याइएको हो । नयाँ सेवासंगै डिजिटल कारोबार गर्दा असफल भएमो चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोसेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, संवद्र्धन तथा कार्यान्वयन गर्ने बैंकमध्येमा अग्रस्थानमा रहेको दाबी गर्ने माछापुच्छ्रे बैंकले दिनानुदिन डिजिटल कारोबार सङ्ख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले यस्तो सुविधा संचालनमा ल्याएको बताएको छ ।

माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआईकनै जहाँकहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । यस अन्तरगत ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्नेछ ।


प्रतिक्रिया